एउटा उद्योग निर्माणको प्रक्रियामा
नेपालगन्ज ४ भदौ : आर्थिक समस्याले अन्य औद्योगिक क्षेत्रमा उद्योग बन्द भइरहेका बेला नेपालगन्ज औद्योगिक क्षेत्र भने पूर्ण क्षमतामा सञ्चालन भइरहेकोछ ।
यहाँ ३६ वटा उद्योग सञ्चालन क्षमता छ । त्यसमा एउटा बाहेक सबै उद्योग सञ्चालनमा रहेको छ । बन्द रहेको उद्योग पनि सञ्चालन गर्न ताकेता गरिएको छ ।
यहाँ रहेको उद्योग÷प्रतिष्ठानले ८ सय जनालाई रोजगारी दिएका छन् । ३४ ओटा उद्योग सञ्चालित औद्योगिक क्षेत्रमा रोजगारी पाउनेमा अधिकांश पुरुष रहेको र महिलाको संख्या अति नै न्यून रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएकोछ ।
यो पनि पढ्नुहोस् नेपालगञ्ज औद्योगिक क्षेत्रका ३४ उद्योगमा आठ सयलाई रोजगारी
वि.सं. २०३० सालमा २३३ रोपनी क्षेत्रफलमा स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग निर्माणको प्रक्रियामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसी बताउँछन् ।
उद्योगबाट रोजगारी सृजना भएको संख्या धेरै देखिए पनि वास्तविकता भने फरक छ । थोरै मात्र नेपालीले यहाँ रोजगारी पाउने गर्छन् । प्राविधिक शीपको अभाव देखाउँदै नेपालीले काम पाउँदैनन् ।
पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका विभिन्न भाँडाहरू, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइऊड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन गर्ने उद्योग सञ्चालित छन् । औद्योगिक क्षेत्रभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भेरी प्राविधिक शिक्षालयसमेत सञ्चालनमा छ ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई