ज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ १४, २०८१
ज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान

नेपालगन्ज १४ भदौ : ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा रक्तदान गरिएकोछ । कोहलपुर नगरपालिका वडा नम्बर–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरको आयोजनामा उक्त रक्तदान गरिएको हो । 

ज्ञानोदय सामुदायिक पुस्तकालयको प्राङ्गणमा भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सचिव एकराज शर्माले जानकार दिए । कोहलपुर नगरपालिका वडा नम्बर–११ की वडाअध्यक्ष कल्पना अधिकारीले रगत संकलन गर्ने प्याकेट रेडक्रसका कर्मचारीलाई प्रदान गर्दै रक्तदान कार्यक्रम आरम्भ भएको थियो । 

ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।

उनका अनुसार दिवसको अवसर पारेर भदौ १ गते १४ विद्यालयका विद्यार्थी सम्मेलित खुल्ला भानुभक्तीय रामायण वाचन गरिएको, भदौ ८ गते २८ वटा विद्यालयको सहभागितामा आधारभूत तहको चित्रकला प्रतियोगिता गरिएको र भदौ १० गते २६ वटा माध्यमिक विद्यालयको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष भट्टराईका अनुसार ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयीहरुलाई भोली शनिबार ११ बजे हुने २० औं वार्षिक साधरण सभामा पुरुस्कार वितरण गरिनेछ ।

हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् । नेपालमा औपचारिकरूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।