काठमाडौं:जलवायु परिर्वतनका कारण पछिल्ला १९ वर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका हुन् । जसका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौती थपिँदै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ–नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए ।
उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताए । सिमिति मुलुकमा देखिदै आएको डेंगु ८–१० वर्ष भित्र विश्वका २५–३० वटा मुलुकमा पुगेको उनले बताए ।
जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पु¥याउनुपर्ने आवश्यकता औंल्याए ।