कोहलपुर २५ भदौ : बाँकेको कोहलपुर नगरपालिकामा दुई सहकारी संस्थामा तोडफोड गरी लाखौं रकम चोरी भएको छ ।
सोमबार राती करिब १२ः५८ मिनेटमा कोहलपुर सहकारी संस्थामा तोडफोड गरी लाखौं रकम चोरी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका–२ मा रहेका दुबै सहकारीमा एउटै उपाय अपनाएर चोरी भएको छ ।
वसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना सहकारी संस्थाको सहकारी संस्थाको दक्षिण तर्फको ग्रिल भएको झ्यालमा ग्रिल निकाली भित्र पसेर चोरी भएको इप्रका कोहलपुरका प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार वसन्त बचत तथा ऋण सहकारी संस्थाको कम्प्यूटरको हार्डडिक्स चोरी भएको छ, भने रझेना साना सहकारी संस्थाको करिब ३ लाख बढी नगद चोरी भएको छ ।
रझेना साना सहकारी संस्थाका अध्यक्ष चन्द्रकला लामिछानेले ३ लाख ६५ हजार ९ सय ३५ रुपैया रकम चोरी भएको बताए ।
सहकारीको झ्यालमा ग्रिल निकाली चोर भित्र पसेको लामिछाने बताउँदै सेफ (भल्ट) मा राखेको पैसा समेत फुटाली पैसा चोरी भएको बताईन । दुवै सहकारी ५० मिटर वरपर छन् ।
यि दुवै सहकारीबाट गत वर्ष कार्तिक २० गते पनि चोरी भएको प्रहरीको रेकर्डमा रहेको इलाका कोहलपुरले जानकारी दिएको छ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना