नेपालगन्ज २८ भदौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ’पारा एथलिट अफ दी इयर’ चुनिएकी छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको पलेशा उत्कृष्ट पारा खेलाडी चुनिएकी हुन् । पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् ।
नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
यसैबीच, सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो ।
खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद र प्रशंसापत्रसहित सम्मान गरे । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर मन्त्रिपरिषदले छुट गरेको थियो ।
पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदक जितेकी थिइन् । यो नै नेपालले अहिलेसम्म अन्तर्राष्टिय स्तरमा जितेको सबैभन्दा ठूलो पदक हो ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत