नेपालगन्ज २८ भदौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा राष्ट्रिय भलिबल टिमकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा कविताले ५६ प्रतिशतसहित पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
यस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा मनोनयनमा परेका थिए ।
जसमा मानमतिले १९, प्रीतिले १६, श्रीरामले ४.४, गुल्सनले ४.४ प्रतिशत मत पाए ।
नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस