‘मारुनी’ देशभर रिलिज


‘मारुनी’ देशभर रिलिज

नेपालगन्ज: नवल नेपालको निर्देशन तथा पूनम गौतमको निर्माणमा बनेको मारुनी चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ ।

आज एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको हो । चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ ।

चलचित्रको गीत संगीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रको व्यापार यसको वर्ड अफ माउथमा भर पर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

निर्देशक नवल नेपालले बनाउने चलचित्रले दर्शकको मन छुने भएकाले पनि दर्शकले रुचाउने विश्वास गरिएको छ । केही दिन अघि मात्र मारुनी चलचित्रको टिमले नेपालगन्जमा भब्य कन्र्सटको आयोजना समेत गरेको थियो ।