नेपालगन्ज ३१ भदौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमको आईतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य आईतबार राति १२ बजेदेखि लागि भएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुने निगमले जनाएको छ ।
त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना