नेपालगन्ज १ असोज : रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा कुमारी जिसीले लागूऔषधका विषयमा नेपाल सरकारको दोहोरो नीतिका कारण काम गर्न असहज भएको बताइन् ।
रिकभरिङ्ग नेपाल, लुम्बिनी प्रदेशले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले यस्तो बताएकी हुन् ।
‘लागूऔषधका विषयमा नेपाल सरकारकै नीति नै बाँझिने खालको छ । स्वास्थ्य मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेरेको छ भने गृह मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा हेरेको छ,’ अध्यक्ष जिशीले भनिन् ।
उनले रिकमरिङ्ग नेपालले भने लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेर्ने गरेको बताउँदै उनीहरुलाई लागूऔषधबाट बाहिर निकाल्न, उनीहरुलाई एचआभी, हेपाटाइटिस जस्ता रोगहरुबाट जोगाउने काम रिकभरिङ्ग नेपालले गरिरहेको बताइन् ।
कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसीले लागूऔषध सम्बन्धी ऐन, नियमलाई सुधार्न रिकभरिङ्ग नेपाल लागिपरेको बताए ।
बिसीले भने, ‘यो सरकारले कुनै एकजनाको आवाज सुन्दैन । त्यसैले रिकभरिङ्ग नेपालले लागूऔषध सम्बन्धी ऐनलाई सच्याउन एउटा टिम नै बनाएर लागिपरेको छ । यसमा आवश्यक सबै कुराहरुको प्रतिवेदन हामीले गृह मन्त्रालय पठाइसकेका छौं ।’
बिसी विश्व स्वास्थ्य संगठनले समेत लागूऔषध प्रयोगकर्तालाई बिरामीको संग्या दिइसकेको अवस्थामा नेपाल सरकार भने अझै अलमलमा परेको जिकिर गरे । जसका कारण धेरै लागूऔषध बिरामीहरुको ज्यान नै जोखिममा रहेको कुरामा उनले जोड दिए ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी महासचिव यशोदा ज्ञवालीले महिला लागूऔषध बिरामीका लागि झनै समस्या रहेको जिकिर गरिन् । उनले सरकारको ऐन नै बाझिने र सरकारले लागूऔषध बिरामीका लागि एउटा पनि सुधार गृह स्थापना गर्न नसक्नु सरकारको कमजोरी रहेको बताइन् ।
त्यसैगरी पत्रकार सम्मेलनमा रिकभरिङ्ग नेपालले ६ महिनाको कार्यक्रम पनि सार्वजनिक गरेको छ । अगष्ट २०२४ देखि जनवरी २०२५ सम्म रिकभरिङ्ग नेपालले लुम्बिनी प्रदेशमा लागूऔषध बिरामीका लागि गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो । जसमा विभिन्न चरणमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको बैठक, छलफल तथा अन्तरक्रियाहरु रहेका छन् ।
उक्त कार्यक्रमको माध्यमबाट लागूऔषध बिरामीका समस्या पहिचान, उनीहरुको आवश्यकता तथा हकअभिकारका बारेमा ड्राफ्ट तयार पार्ने र स्थानीय सरकार तथा नेपाल सरकारलाई सो ड्राफ्टप्रति उत्तरदायी गराउने लक्ष्य लिइएको महासचिव ज्ञवालीले जानकारी दिइन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी