नेपालगन्ज १ असोज : नेपालगन्जका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता रुद्रप्रिया इन्टरप्राइजेज पन्च ईभी भेरियण्ट नेपालगन्जमा सार्वजनिक गरेको छ ।
एक कार्यक्रमका बीच सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र रुद्रप्रिया इन्टरप्राइजेजका प्रमुख माधव शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्टले टाटाको इतिहास पुरानो र विश्वासिलो रहेको बताउंँदै नेपालमा यस्ता प्रकारको इभी गाडी प्रयोग गर्न जोड दिए ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले टाटाको देशभर चार्जर स्टेशसनको पहुंँच सहज भएकोले यसको बिक्री बढ्ने विश्वास व्यक्त गरे । उनले टाटाको नेक्सन आएपछिनै नेपालमा इभि र इकोसिष्टम गाडीको बहार आएको बताए । नेपालमा टाटा गाडीको सम्बन्ध ४२ वर्ष भएको भन्दै ग्राहकलाई ढुक्कसंँग प्रयोग गर्न आग्रह गरे ।
उनले टाटा पन्च इभीले भारतमा बिक्रीको रेकर्ड तोडेको बताउँदै नेपालमा पनि यसले उचाई प्राप्त गर्ने विश्वास गरे । पन्च इभीको सबै सिष्टम अटोमेटिक र चालकमैत्री भएकोले यो नेपालको माटो र मुल्य सुहाउने गाडी भएको दाबी गरे ।
टाटा पन्च ईभी शुरुवाती मूल्य रु ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ ।
१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च ईभीमा एक लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । लन्चिङ्गको अवसरमा गाडी बुकिङ्ग गर्ने ग्राहकलाई टाटाको चार्जिङ्ग स्टेशनबाट चार्जिङ्ग गर्दा ८ वर्षसम्म निःशुल्क सुविधा दिइने सिजापतिको भनाई छ ।
रुद्रप्रिया इन्टरप्राइजेजका प्रमुख शर्माले ग्राहकले पन्च इभिको बुकिङ्ग दर राम्रो भएको भन्दै यसले बाँके जिल्लाका ग्राहकको रोजाइमा पर्ने बताए । शर्माले गाडीको बिक्रीका साथै यसको सर्भिस र सपोर्टको लागि कुनै कमी नराख्ने बताए ।
टाटा मोटर्सको ईभि प्रयोग गर्दै आएका नेपालगन्जका प्राध्यापक रुद्र तिमल्सेनाले बिस्वासिलो भरपर्दो रहेको बताए ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना