२२ को मृत्यु, दर्जनौं घाईते, ट्रकमा लोड गरेर हामीले पठाएका हौंः मेयर राणा
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले यहाँस्थित काञ्जि हाउसमा सुरक्षित रहेका दर्जनौं गाईबाच्छा दैलेखको श्रीस्थान जङ्गलमा पठाउँने निहुँमा भिरबाट खसालेर मारेको छ ।
उपमहानगरले नेपालगन्जबाट ट्रकमा लोड गरेर लगेका गाई, गोरु, बाच्छा, बाच्छिीलाई सुर्खेतको दुई ठाउँमा भिरबाट खसालेको थियो ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले सुर्खेत र भेरी नदीको विचमा पर्ने वैरेनी भन्ने ठाउँमा ८ वटा मरेका र ३ वटा जीवत र सुर्खेत दैलेखको विचमा पर्ने कट्कुवा गाई गोरु १४ वटा मरेका र अन्य जीवित अवस्थामा गाई गोरु भेटिएको जानकारी दिए ।
झन्डै तीन सय गाईबाच्छा सुर्खेतको कट्कुवास्थित जंगलमा भीरबाट खसालिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशी बताउँछन् । डिआइजी जोशीले नेपालगन्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर लगिदै गरिएका दुई सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिए ।
भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् । दर्जनौ गाई घाइते भएका छन् । मरेकाको वीरेन्द्रनगर नगरपालिकास्थित पशु सेवा शाखाको जिम्मेवारीमा पोष्टमार्टम भइरहेको छ । घाईतको घटनास्थतमै प्राथमिक उपचार गरिएको डिआईजी जोशीले बताए ।
उपमहानगरपालिकाका मेयर धवलसम्शेर राणाले उपमहानगरपालिका र केही व्यक्तिहरुको सक्रियतामा गाई दैलेखको श्रीस्थानको जंगलमा छोड्न पठाईएको बताए ।
मेयर राणाले नेपालगन्जमा व्यवस्थापन गर्न गाह्रो भएकाले दैलेखको नगरपालिकासँग समन्वय गरेर श्रीस्थान जंगलमा छोड्न पठाएको जानकारी दिए । ‘गाई गोरु धेरै भए, नेपालगन्जमा व्यवस्थापन गर्नै गाह्रो भयो अनि केही गाई गोरु त्यहाका मान्छेले लग्ने र बाँकी बचेका त्यहाँको जंगलमा छोड्नलाई हामीले ट्रकमा लोड गरेर पठाएका हौं ।’
मेयर राणाले भने, ‘ट्रकसँगै हामीले आफ्नै कर्मचारीपनि पठाएका थियौ । विरामी भएका गाइ गोरु मरेपछि बाहिर निकालिएको होला । ठ्याक्कै मलाई पनि थाहा भएन ।
नेपालगन्जबाट लगिएका गाई वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको सुर्खेत प्रहरीले बताएको छ ।
वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिहं ठकुरीका अनुसार बिहीबार राति आठ ट्रकमा गाई लिइएको थियो । तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगन्ज फर्किन लागेका थिए ।
उनीहरूलाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ । यसबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जिप्रका सुर्खेतले बताएको छ ।
पाँचवटा ट्रक बबईबाट नियन्त्रणमा लिइएको उनी बताउँछन् । डिआईजी जाशीले भने ‘हामीले अनुसन्धान गरिरहेका छौँ, दोषीलाई आवश्यक कार्वाही हुन्छ ।’ प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले लेखेको चिठी देखाएर नै गाँडी प्रहरी सुरक्षा चेकपोष्टबाट भित्रीएका थिए ।
दैलेखको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी जोशीले कानूनी प्रक्रिया पूरा गरी नेपालगन्जबाट ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
पशु चिकित्सकले गाई कसरी मरेका हुन् भन्नेबारे अनुसन्धान सुरु भइसकेको बताएका छन् । वीरेन्द्रनगनर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपाने मरेका गाईको ग्रस (बाहिरी) र इन्टरनल (भित्री) पोस्टमार्टम गरिने बताए ।
चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनको भनाइ छ । यता बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दैलेखका किसानले पाल्छु भनेकाले नेपालगन्ज उपमहानगरलाई गाई लैजान अनुमति दिएको बताएका छन् ।
‘यहाँ कान्जी हाउसमा धेरै गाईहरु थिए, खाने कुरा पु¥याउन पनि समस्या भएको थियो, किसानले पाल्छु भनेकाले लैजान अनुमति दिएका हौं’ उनले भने ‘बाटोमा केही गाई म¥यो भन्ने सुनेका हौं, यसबारे धेरै जानकारी छैन ।’
मुलुकी अपराध सहिंताले पशुपक्षींलाई निर्दयी व्यवहार गर्नेलाई कारवाही गर्ने प्रावधान छ । संहिता ऐनको भाग २ को परिच्छेद २७ अर्थात अन्तिम परिच्छेदको दफा २ सय ९० मा यो व्यवस्था छ ।
यसैगरी कुनै पशुपंक्षीलाई हिर्काउने वा क्षमता भन्दा बढी भारी बोक्न लगाउन नपाउने उल्लेख छ । आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रुपमा छाड्न तथा अन्य कुनै किसिमबाट पनि निर्दयी वा क्रुर व्यवहार गर्न नपाइ ऐनमा उल्लेख छ ।