नेपालगन्ज ४ असोज : सुर्खेती समाज बाँकेलाई विधिवतरुपमा दर्ता गरि अगाडी बढाइने भएकोछ ।
बाँकेका विभिन्न पालिकामा स्थायी तथा अस्थायीरुपमा बसोबास गर्दै आएका सुर्खेती समाजलाई एकताबद्ध गरि सशक्तरुपमा अगाडी बढाउन समाजले यस्तो निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस् सुर्खेती समाज बाँकेको भेटघाट तथा भेला सम्पन्न
संविधान दिवसका अवसरमा हिजो समाजको अध्यक्ष पूर्णप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले समाजको विधान बनाउने र संस्थालाई आधिकारिकरुपमा दर्ता गरि चलयमान गराउने निर्णय गरेको छ ।
समाजका उपाध्यक्ष राजाराम सुवेदीका अनुसार समाजका अध्यक्ष ढकालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष राजाराम सुवेदी, कृष्णा सापकोटा, रतन बुढा र मञ्जु रिजाल सदस्यहरु रहेकाछन् ।
विधान मस्यौदा समितिले तयार पारेको विधानलाई समाजको बैठकबाट पारित गरि पूर्णाता दिने तयारी गरिएकोछ । समाजको विधान र संस्था दर्ता प्रक्रिया यही आउँदो तिहारभित्र पूर्णता पाउँछ’ समाजका उपाध्यक्ष सुवेदीले जानकारी दिए ।
यस्तै समाजले निमार्ण गर्ने विधानमा कृष्णा सापकोटा चौधरी, रेशम खत्री, उपसचिव पुसबहादुर खत्रीले आवश्यक सुझाव, सल्लाह र राय दिएका छन् ।
समाजका उपाध्यक्ष सुवेदीको अध्यक्षतामा यसअघि भएको समाजको भेटघाट तथा भेलामा समाजलाई सशक्तरुपमा अगाडी बढाउन जिल्लाका पालिका तह तथा वडास्तरमा समाजको शाखा समेत गठन गरिएकोछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्