बाँकेसहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह


सेतोखरी सेतोखरी   बिहीबार, असोज १०, २०८१
बाँकेसहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह

नेपालगन्ज १० असोज : राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाँकेसहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्  बाँकेसहित ५६ जिल्लामा रेड अलर्ट

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आईतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

यो पनि पढ्नुहोस्  आईतबारसम्म भारी वर्षा हुने

Kanti Aarogya Hospital Nepalgunj

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो ।

यो पनि पढ्नुहोस्  गर्मीले नेपालगन्जबासी उकुसमुकुस, मनसुन फेरि सक्रिय भयो

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ ।

यो पनि पढ्नुहोस्  सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना

कुन-कुन जिल्ला जोखिममा छन्?

असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन्। गण्डकीको मनाङ मध्यम जोखिममा छ। त्यस्तै, लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन्। १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ ।

यो पनि पढ्नुहोस्  साताभर मनसुनी वायुको प्रभाव, धानमा क्षति पुग्ने सम्भावना

Bipad-release-1727357446.jpg