नेपालगन्ज ११ कार्तिक : केयर सिटी अस्पतालले इन्जिनियरहरुलाई सहुलियत दिने भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशका इन्जिनियर र आर्किटेक्टहरुलाई स्वास्थ्य सेवामा सहुलियत दिने गरी सम्झौता भएको हो ।
यो पनि पढ्नुहोस् केयर सिटी अस्पतालको सेवा विस्तार, चिकित्सकद्वारा २४ सैं घण्टा उपचार
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजईगाउँस्थित केयर सिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि र नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशबीच उक्त सहमति भएको हो ।
यो पनि पढ्नुहोस् गृहनगर नेपालगन्जमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा
इन्जिनियर सुरेन्द्र बोहराका अनुसार उक्त सहमित अनुसार केयर सिटी अस्पतालले सम्पूर्ण विशेषज्ञ सेवा, अपरेशन, बेड, चेकजाँच लगायतमा सहुलियत प्रदान गर्नेछ ।
सम्झौतापत्रमा केयर सिटी अस्पतालका अध्यक्ष डा. विष्णु कुमार थापा र नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका सभापति इन्जिनियर महेश्वर लम्सालले हस्ताक्षर गरेका छन् । इन्जिनियर बोहराको पहलमा सम्झौता भएको हो ।
यो पनि पढ्नुहोस् निशन्तानका लागि केयर सिटी अस्पताल
सम्झौता अनुसार अपरेशन, बेड, एक्सरे, आइसियु, एनआइसियु, एचडियु तथा ल्याब टेस्टमा २० प्रतिशत, औषधि तथा सर्जिकलमा १० प्रतिशत छुट दिइनेछ ।
बिरामीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य उपचार सेवा दिइरहेको केयर सिटी अस्पतालले गत जेठ २५ गतेदेखि २४ सैं घण्टा चिकित्सकसहितको सेवा दिइरहेकोछ ।
यो पनि पढ्नुहोस् बाँझोपन तथा निसन्तानको समस्या समाधान गर्न विशेषज्ञ डाक्टर केयर सिटी अस्पतालमा
१५ बेड क्षमताबाट सेवा दिइरहेको केयर सिटी अस्पतालले स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको आबद्धतामा आफ्नो सेवा विस्तार गरेकोछ । इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपलब्धतामा अस्पतालले आफ्नो सेवा प्रदान गरिरहेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?