गृहनगर नेपालगन्जमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा


कृष्ण अधिकारी कृष्ण अधिकारी   शुक्रबार, जेठ २५, २०८१
गृहनगर नेपालगन्जमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा

नेपालगन्ज २५ जेठ : पश्चिम नेपालमै कमै मात्र विशेषज्ञ चिकित्सकहरु छन् । धेरैजसो विशेषज्ञ चिकित्सकहरु काठमाडौं केन्द्रित भएर काम गर्न रुचाउँछन्, अहिलेको नयाँ पुस्ताका युवा चिकित्सकहरु त अझ युरोप अमेरिका ताकिरहेका हुन्छन् । तर, नेपालगन्जमा जन्मिएका बालरोग विशेषज्ञ डाक्टर विष्णु थापा भने गृहनगरमै फर्किएका छन् । 

पश्चिम नेपालका बालबालिकाका स्वास्थ्य सेवा नेपालगन्जबाटै दिने उद्देश्यले उनी नेपालगन्ज फर्किएका हुन् । नेपालगन्ज फर्केर उनले गुणस्तरीय सेवा दिने उद्देश्यले ‘केयर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा ल्याएका छन् । जसमार्फत उनी चिकित्सकलाई घण्टौ कुनुपर्ने अवस्थालाई परिवर्तन गर्न खोजिरहेका छन् । 

यो पनि पढ्नुहोस्  केयर सिटी अस्पतालको सेवा विस्तार, चिकित्सकद्वारा २४ सैं घण्टा उपचार

डा. थापाले नेपालगन्जको जय बागेश्वरी बोर्डिङ स्कुलबाट एसएलसी गरेका हुन् । काठमाडौंको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका उनले छात्रवृत्तिमा नाम निकालेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस गर्ने अवसर पाए । सन् २०१० मा एमबीबीएस अध्ययनका लागि उनी धरान पुगे । त्यहाँबाट सन् २०१६ मा उनले एमबीबीएसको अध्ययन पूरा गरे । एमबीबीएस अध्ययन पूरा गरे लगत्तै भारतको ख्याति प्राप्त मेडिकल कलेज पोस्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुुकेशन रिसर्च (पिजीआई) चण्ढीगढमा उनले विशेषज्ञता हासिल गर्ने छात्रवृत्ति पाए । पिजीआईको छात्रवृत्ति पाएपछि सन् २०१७ मा उनी बाल रोगमा विशेषज्ञता हासिल गर्न चण्ढीगढ गए । त्यहाँबाट उनले सन् २०२० मा बाल रोगमा विशेषज्ञता हासिल गरे । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

Dr.Bishnu_Kumar_Thapa_care_city_hospital_npj_2-1717770016.jpg
डा. थापाले पढाइ पूरा गर्दा कोभिड—१९ महामारीको जारी थियो । कोभिड—१९ महामारीका कारण डा. थापा पढाइ पूरा हुनासाथ गृहनगर नेपालगन्ज फर्किए । र, नेपालगन्जको भेरी अस्पतालमा बाल रोग विशेषज्ञका रुपमा काम सुरु गरे । करिब एक वर्ष काम गरेपछि डा. थापाले सरकारी अस्पतालको उपचार सेवाका बारेमा राम्रोसँग बुझे ।

यो पनि पढ्नुहोस्  निशन्तानका लागि केयर सिटी अस्पताल

यही बाध्यतालाई ध्यान दिएर केयर सिटी अस्पतालले अस्पतालमा उपचारका लागि पुगेका बिरामीले कुनु नपर्ने गरी प्रतिष्ठित संस्थाबाट जनरल मेडिसिनमा एमडी गरेका डाक्टरलाई फुलटाइम राखेको छ । ‘कन्सल्ट्यान्ट फिजिसियन आफैले बिरामीलाई हेरेर बिरामीको उपचारका लागि थप समन्वय गर्ने ब्यवस्था मिलाएका छौं,’ डा. थापा भन्छन्, ‘जसका कारण बिरामीलाई गुणस्तरीय उपचार पाउन केही हदसम्म भएपनि सहज भएको छ ।’ ख्याति प्राप्त मेडिकल कलेजबाट दीक्षित भएर गृहनगर फर्किएका डा. थापा नेपालगन्जका उदीयमान बाल रोग विशेषज्ञमा पर्छन् । भन्छन्, ‘हामीले हाम्रो योग्यता र क्षमताले भ्याएसम्म आफ्नै सहरमा योगदान गर्नुपर्छ । असल सोच र इमान्दारीपूर्वक काम गर्ने हो भने नेपालीलाई विदेश जानै पर्दैन् । नेपालमै धेरै सम्भावना र अवसरहरु छन् । उनी विदेशभन्दा आफू जन्मे हुर्केकै माटोमा कर्म गर्न रमाउँछन् ।

‘अहिलेसम्म एक पटक पनि विदेश जाउ उतै सेटल हौं भन्ने सोच आएको छैन्,’ उनले भने । पछिल्ला केही वर्षहरुमा नेपालमा केही हुँदैंन भन्ने निराशा समाजमा बढ्दो छ । डा. थापालाई स्वदेशमा केही सम्भावना छैन भन्ने भावनाले समाजमा गलत सोच बढाउने काम गरिरहेको लाग्छ । 

Care_City_Hospital_Npj-2-1717056455.jpg
‘जानेर नजानेर धेरै क्षेत्रबाट गलत सोच बढाउने काम भइरहेको छ,’ उनी भन्छन्, ‘जसले गर्दा युवाहरुमा यो देशमा केही सम्भव छैन भन्ने नकारात्मक सोच बढ्दै गएको छ ।’ अहिले पनि देशमा राम्रो पढेलेखेका मानिसहरु देशमै भविष्य छ है भन्ने सोँचका साथ काम गरिरहेका छन् । यही सोच युवाहरुमा आउनुपर्ने खाँचो उनी देख्छन् । ‘देशमा देखिएका अप्ठ्यारा र बाधाहरु क्तमसः हटदै गएर भविष्य सहज र अनुकुल हुन्छ, बन्दै जान्छ भन्ने विश्वासका साथ काम गर्दै जानुपर्छ,’ डा. थापा भन्छन् ।