नेपालगन्ज २५ कार्तिक : खैरो हेरोइन र चरेससहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएकोछ ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ रामजानकी मन्दिर नजिकबाट तीन जना र धनगढी उपमहानगरपालिका वडा नम्बर–३ भन्सार नजिकबाट दुई जना गरि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गरेकोमा धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बस्ने २३ वर्षीय रोशन खड्का, १६ वर्षीय देव शर्मा र २१ वर्षीय अमित शर्मालाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट शुद्ध तौल १५० मिलिग्राम खैरो हिरोइन, एक ग्राम ५६० मिलिग्राम चरेस फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट धनगढी–१३ बस्ने १९ वर्षीय नीरज राना र २१ वर्षीय सुनिल रानालाई ५ ग्राम ८४० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र ५ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन, एक ग्राम ५६० मिलिग्राम चरेससहित पक्राउ गरिएको हो ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हिरासत राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
सोमबार, कात्तिक १६, २०८३
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
सोमबार, कात्तिक १६, २०८३
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा
सोमबार, कात्तिक १६, २०८३
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, ८ जना जलेर घाइते, दुईजना गम्भिर
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय