नेपालगन्ज २६ कार्तिक : सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पलाता गाउँपालिका–५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर–१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् ।
उनीहरूलाई आईतबार बेलुका वीरेन्द्रनगर–१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक खड्काका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खुलामञ्चमा काँग्रेस-कुम्भ
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल