नेपालगन्ज २८ कार्तिक : विश्व मधुमेह दिवसको अवसरमा नेपालगन्जमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नेपालगन्जको सुर्खेतरोड स्थित सिद्धार्थ कटेज नजिक रहेको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको आयोजनामा कार्तिक २९ गते बिहीबार(भोली) शिविर आयोजना गरिएको हो ।
शिविरमा निःशुल्क चेकजाँच तथा परामर्श, उच्च रक्तचाप (ब्लड प्रेसर) रोगको निःशुल्क चेकजाँच तथा परामर्श, पिसाबमा सुगर र प्रोटिनको निःशुल्क परीक्षण गरिनेछ ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन बिभाग प्रमुख डाक्टर राजन पाण्डेले मधुमेह र उच्च रक्तचापका बिरामी तथा उनका परिवारका सदस्यसँग खानपान र जीवनशैली सम्बन्धी अन्तरक्रिया गर्नेछन् ।
चेकजाँच विहान १० बजेदेखि ४ बजेसम्म हुने भएकाले चेकजाँचका लागि आउँदा आफुले सेवन गरिरहेका औषधी र चेकजाँचका पुराना रिर्पोटहरु लिएर आउन बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकले जनाएकोछ ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?