नेपालगन्ज २९ कार्तिक : दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।
४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ ।
चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् । -रासस
आनीका नियुक्ति विरोध गर्दा पक्राउ परेका दुईजना छुटे
लुम्बिनीमा आनी छोइङ नियुक्तिको विरोध गरिरहेका दुई नेता मध्यरातमा गिरफ्तार
गुल्मीकाे कालिगण्डकी करिडाेरमा स्कर्पियाे खस्याे, छ जनाकाे मृत्यु
सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीको सानदार सुरुवात
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन (तस्विरहरूसहित)
लायन्स र राेयल्सका राेचक भेट : लुम्बिनीलाई ताज जाेगाउने चुनाैती, बदलाकाे रणनीतिमा सुदूरपश्चिम