नेपालगन्ज ८ मंसिर : बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । गुलरिया नगरपालिका वडा नम्बर–११ गणेशपुर उनीहरुलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका ३५ वर्षीय विकाश विक र वडा नम्बर–४ बेलौलीका ३० वर्षीय अनिल गोडिया रहेका छन् ।
शङ्कास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनाको साथबाट ४ सय ४० मिलिग्राम लागु औषधको धुलो फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश