नेपालगन्ज ८ मंसिर : बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । गुलरिया नगरपालिका वडा नम्बर–११ गणेशपुर उनीहरुलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका ३५ वर्षीय विकाश विक र वडा नम्बर–४ बेलौलीका ३० वर्षीय अनिल गोडिया रहेका छन् ।
शङ्कास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनाको साथबाट ४ सय ४० मिलिग्राम लागु औषधको धुलो फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’