नेपालगन्ज १३ मंसिर : बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानूनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।
सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको बैठकले कार्तिक २६ गते तीन बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।
उनले बाल सुधारगृहमा सादा पोशाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउने लगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए ।
यसैबीच, बाल सुधारगृहबाट १२ बालबिजाइँकर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीनजना अझै फेला परेका छैनन् । गत वर्ष पुसमा पनि २३ जना पनि तीन जना भागेका थिए ।
बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृह र नौबस्तास्थित क्षेत्रीय कारागारमा रहेको बाल सुधारगृहबाट पटक–पटक बाल बिजाइँकर्ताहरु फरार हुने गरेका छन् । गत केही वर्षदेखि यी बाल सुधार गृहमा पटक–पटक झडप, कुटपिट र विवाद हुने तथा सोही मौका छोपेर बाल बिजाइँकर्ताहरु फरार हुने गरेका घटना निरन्तर हुँदै आएका छन् ।
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’