नेपालगन्ज : ठाकुरबाबा नगरपालिकामा रहेको विकास प्रेमी युवा समूह बर्दियाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोछ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाँउमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको विकास प्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले बताए ।
सामाजिक कार्य अन्र्तगत शनिबार ग्रामीण भेगका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा सो क्षेत्रका ५ सय बढीले निशुल्क स्वास्थ्य शिविरबाट सेवा पाएको समूहका सचिव नारायण गौतमले जानकारी दिए ।
शिविरमा भेरी अस्पताल नेपालन्गजका कन्सल्टेन्ट फिजिशियन डा. अल्तवान राही, टिकापुर अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. लक्ष्मण सिग्देल, जिल्ला अस्पताल बर्दियाका मेडिकल अफिसर डा. मनोजकुमार तिमिल्सेना, जिल्ला अस्पताल बर्दियाका जनरल सर्जन विजय उपाध्यायले शिविरमा आएका विरामीको उपचार गरेका थिए ।
अशिम पोलिक्लिनिक प्रालि र शुलभ मेडिकलको प्राविधिक सहयोगमा विकास प्रेमी युवा समुहले स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
शिविरमा सबै भन्दा बढी हाडजोर्नी तथा नशा सम्बन्धी विरामीले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा स्वास्थ्य परीक्षण गरि राग अनुसार शिविरमै औषधी प्रदान गरिनुका साथै अन्यत्र रेफर समेत गरिएको थियो ।
जुनियर रेडक्रस सर्कल त्रिभुवन मावि भुरिगाउँका विद्यार्थीलाई स्वयमसेवक खटाइएको थियो ।