नेपालगन्ज २० मंसिर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको बताएका हुन् ।
‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन बिशेष कार्यक्रम लागु गरेका छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यि क्षेत्रमा उपलब्धी हाँसिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’
लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार बिशेष कार्यक्रम लागु गरेको हो । यि कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।
तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी बिशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ । ‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन । यि कमजोर सूचकहरुलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अवको तीन बर्षमा यि सुचकहरुमा सुधार आउनैपर्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’
विभिन्न बहानामा अझैं पनि बालबिवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भिर हुनुपर्ने बेला आएको बताए । ‘बालबिवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैं यो समस्या समाधान हुन सकेको छैन,’ उनले भने, ‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’
स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने उनको भनाई छ । दातृ निकायसंग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसकालागी लगानी केन्द्रित गर्न उनले आह्वान समेत गरे । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । जुन परियोजनाले हाँसिकल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारकालागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गिता नेपालीले ११ बुदे ज्ञापनपत्र समेत बुझाएकी थिइन् । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी