नेपालगन्ज २१ मंसिर : नेपाल सरकारले तीन प्रकारका विषादी प्रतिबन्धित लगाएको छ । सरकारले नेपाल राजपत्रमा सूचना जारी गर्दै पाराक्वाट, क्लोरपाइरिफोस र फोरेट नामक विषादी प्रतिबन्ध लगाएको हो ।
शुक्रबार प्रकाशित सूचनामा सो विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको उल्लेख छ । बाँकी रहेका विषादीहरू पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त÷प्रयोग गरिसक्नु पर्नेछ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले यी विषादी र विषाक्त रसायनहरूका विषयमा लामो समयदेखि काम गर्दै आएको छ ।
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि जीवनाशक विषादी व्यवस्थापन समितिले झारपात नाशक (पाराक्वाट) तथा क्लोरपाइरिफोस र फोरेट (कीट नाशक) विषादी पूर्णरुपमा प्रतिबन्ध लगाएको सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिए । उनले प्रतिबन्ध लगाइएको विषादीको प्रभावकारी कार्यान्वयनको माग समेत गरे ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश