‘म बेड सिन दिन तयार छु’: साम्राज्ञी


‘म बेड सिन दिन तयार छु’: साम्राज्ञी

नेपालगन्ज: पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी नेपाली फिल्म मेकर र निर्देशकको रोजाईमा पर्छिन् । उनी डिमान्डकी हिरोइन् पनि हुन् ।

चलचित्र मारुनीको प्रोमोसनका शिलशिलामा केही दिन अघि नेपालगन्ज आएकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक साम्राज्ञी राज्यलक्ष्मी शाहले बेड सिन दिन तयार भएको बताएकी हुन् ।

उनले बेड सिन दिन आफूलाई कुनै आपत्ती नभएको समेत स्पष्ट पारेकिछन् ।

सेतोखरीले राखेको जिज्ञासामा जवाफ दिदै उनले भनिन्–हो म बेड सिन दिन तयार छु । कथाबस्तुले मागेको खण्डमा बेड सिन दिन तयार भएको उनले बताएकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले थपिन–‘कथाबस्तु र नेपाली समाजलाई पच्ने बेडसिन दिन्छु तर, अपाच्चे अश्लिलताको बेड सिन दिदैन ।’

उनको अभिनय रहेको मारुनी चलचित्र अहिले प्रर्दशन भइरहेकोछ । चलचित्र मारुनीले देशब्यापी राम्रो ब्यापार समेत गरिरहेकोछ ।

यसपछि उनले अभिनय गरेको चलचित्र रातो टिका निधारमा रिलिजको पर्खाईमा रहेकोछ । अशोक शर्माले उक्त फिल्म निर्देशन गरेका हुन् ।