नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सह चालकलाई लक्षित गरी स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।
बैजनाथ गाँउपालिकास्थित सम्झना चोकमा स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।
शिविर संचालन भएसँगै मंगलबार १ सय ६० जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका छन । परिक्षणका क्रममा अधिकाशंलाई उच्च रक्तचाँप (ब्लड प्रेसर) को समस्या देखिएको प्रहरी निरीक्षक बमले बताए ।
लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको बमले जानकरी दिए ।