नेपालगन्ज : बाँकेमा पनि दिनप्रतिदिन डेंगुको संक्रमणका विरामी थपिदै गएका छन् । बुधबारसम्मको रेकर्ड हेर्दा बाँकेमा २३ जना डेंगुका विरामी उपचारमा रहेका छन् । भेरी अस्पतालका अनुसार हालसम्म सात जना बिरामीमा डेंगुको संक्रमण देखिएको छ ।
डेंगुका बिरामी मध्ये कैलालीका एक, बर्दियाका दुई, बाँकेका चार गरी सात जनामा डेंगुको संक्रमण देखिएको भेरी अस्प्तालमा मेडिकल सुपेरिटेण्डन डाक्टर रूपानन्द अधिकारी बताउँछन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना विरामीमा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका किट जन्य रोग फोकलपर्शन दुर्गा गौतम बताउँछन् ।
यी ११ जना मध्येमा बाँकेका तीन, बर्दियाको एक, कैलाली तीन, रुकुम एक, दाङ एक सुर्खेतका दुई गरी ११ जना रहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङ् होम) मा पाँच जना डेंगुु रोगका संक्रमित विरामी छन् । उनीहरुमा तीन जना सुर्खेत, एक कालिकोट र एक दाङ्का छन् ।
नेपालगन्जमा जोखिम खालको डेंगु नदेखिए पनि सतर्कता अपनाउनु पर्ने भन्दै अस्पतालले पानी जम्ने भाँडा गमला, खाली ड्रम, खाली बट्टा, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने सुझाब दिएको छ ।
पोथी लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले सावधानी अपनाउन नागरिकलाई अस्पतालले अनुरोध गरेको छ । तर,भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको भन्दै विरामीप्रति गम्भीर नभएको विरामीका आफन्तले गुनासो गर्दै आएका छन् ।
उनकाअनुसार डेंगुको धेरै जोखिम नभएपनि भाइरल बिरामीको संख्या भने बढेको छ । डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेको उनी बताउँछन् ।
यसैबीच बाँकेमा डेगुु रोगको संक्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगनजमा उपचारार्थ आएका सात जनामा डेगुु रोगको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए ।
उनका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेगुु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताएकीछन् ।
भेरी अस्पतालमा उपचारार्थ आएका सात जनामा डेगुु रोगको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिकारी बताउँछन् । अस्पतालमा उपचारका लागि आवश्यक साधन नहुँदा डाक्टरले यस्ता विरामीलाई सिधै रिफर गर्ने गरेका छन् ।
यस्तै बाँकेको डुडुवा गाउँपालिकाले डेगों नियन्त्रणका लाई औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपलिकाले होलिया, हिरमिनिया, कम्दी ५ र कम्दी ४ मा औषधि छर्ने काम सकिएको जनाएको छ भने बांके ठाउँमा छिटै सक्ने तयारी गरेको छ ।
उनका अनुसार बाँकेमा हालसम्म डेगुुं रोगबाट संक्रमित सात जनामध्ये एकजना बाँकेका छन् । अरू छ जना बाहिरी जिल्लाका बिरामी रहेका छन् । डेगुु रोगको संक्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द बताउँछन् ।