नेपालगन्ज: तपाई पत्याउनुहुन्छ ? प्रेममा असफल भएपछि मानिसले के के गर्न सक्छन् । कोही प्रेम वियोगमा डुब्छन् । कोही प्रेममा असफल भएपछि जीवन नै बर्बाद भयो ठान्छन् यहाँ सम्म की आत्महत्या समेत गरेको हामीले सुनेको र देखेका पनि छौं । तर, बेलायतकी एक जना पूर्वमोडलले प्रेममा असफल भएपछि अन्ततः कुकुरसँग विहे गरेकीछन् ।
आफ्नो जीवनकालमा उनले २ सय २१ जना केटासँग प्रेममा परिन् । तर, विडम्बना के भने ती सवै पुरुषसँगको प्रेममा असफल भएपछि उनले कुकुरसँग बिहे गरेकी छन् ।
इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी कुकुरसंग विवाह गर्दा ४९ वर्षकी थिइन् ।
उनी सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।
उनको एक २५ वर्षीय छोरासमेत छन् । तर, धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।
उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन् ।