काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव हुने


काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव हुने

काठमाडौं : काठमाण्डौंमा चिनियाँ चलचित्र महोत्सव हुनेभएकोछ । आगामी भदौ ३१ गतेदेखि असोज २ गतेसम्म काठमाण्डौंमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको हो ।

‘चिनियाँ चलचित्र महोत्सव २०७६’ नामाकरण गरिएको महोत्सव नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुन लागेको हो ।

नेपाल र चिनिया संस्कृतिको आदान प्रदान गर्ने महोत्सवको मुख्य उदेश्य रहेको छ । हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।

काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यो पटक ६ चिनियाँ चलचित्र प्रदर्शन गरिने वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमाल बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन हुने आयोजकले जनाएको छ ।

महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम समेत राखिएको छ ।