आगामी चैत्रमा ‘चपली हाइट ३’


आगामी चैत्रमा ‘चपली हाइट ३’

काठमाडौं : आगामी चैत्रबाट प्रर्दशनमा आउने गरि ‘चपली हाइट ३’ को निर्माण हुने भएकोछ ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजनासहित निर्माता अर्जुन कुमारले ‘चपली हाइट ३’ फिल्मको घोषणा गरेकाछन् । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशले यस अघि फिल्म ‘फाटेको जुत्ता’ निर्देशन गरिसकेकाछन् ।

आमिरमात्र दोहोरिए
सिक्वेल फिल्म भएपनि ‘चपली हाइट ३’मा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरीएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ ।

Kids Festival 2022
kanti aarogya hospital

चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।
अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।

कार्यक्रममा निर्माता अर्जुन कुमारले फिल्मको फष्टलुक समेत सार्वजनिक गर्दै अन्य तीन फिल्म पनि घोषणा गरे । जसको नाम ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ रहेको बताएकाछन् ।