लभ डायरिज छठमा खुल्ने


लभ डायरिज छठमा खुल्ने

काठमाडौंः छठलाई लक्षित गर्दै लभ डायरिज रिलिज हुने भएकोछ ।

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापाको रोमान्स रहेको फिल्म ‘लभ डायरिज’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

यसअघि असोज ३ गते रिलिज डेट तोकेर प्रचार–प्रसार समेत थालिएको फिल्मले राम्रो डेट पाएको भन्दै कार्तिक १५ गतेका लागि सारिएको हो ।

सौरभ चौधरीको निर्देशनमा निर्मित उक्त फिल्मले केही समय अघि चलचित्रको एक गीत सार्वजनिक गरेको थियो । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने खालको उक्त गीत दर्शकले रुचाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रेमकथाको बिषयमा निर्माण भएको फिल्ममा सुशिल र रुबिनाको अलवा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

मधु बास्तोलाको कथा, पटकथा, साहिल खानको सम्पादन रहेको फिल्मको निर्माता विनोद सापकोटा र सह निर्माता सरोज तुलाधर हुन् ।