कोहलपुरमा डेंगो विरुद्ध सचेतनामुलक कार्यक्रम


कोहलपुरमा डेंगो विरुद्ध सचेतनामुलक कार्यक्रम

नेपालगन्ज : नेपालगन्ज स्थित नर्सिङ्ग कलेजले डेंगो रोक विरुद्ध सचेतनामुलक कार्यक्रम गरेकोछ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–९, को भवनियापुर, पिपरी र झण्डहवामा डेंगो विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको हो ।

भेरी नर्सिङ्ग कलेजमा पिसिएल दोस्रो वर्षमा अध्ययनरत स्टाफ नर्सहरुले डेंगो रोगका विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको कलेजका एमडी संजय सिंहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

डेंगो रोग कसरी लाग्छ, रोग लागेमा के गर्ने, डेंगोबाट बच्ने उपाय लगायतका विषयमा उपस्थित सर्वसाधरणलाई कलेजमा अध्ययनरत स्टाफ नर्स विनिता विसी शाहले जानकारी गराएको भेरी नर्सिङ्ग कलेजकी प्रिन्सिपल एलिजा कोइरालाले बताईन् ।

उनका अनुसार सो क्रममा कलेजमा अध्ययनरत स्टाफ नर्सहरुले डेंगो रोग विरुद्ध जनचेतनामुलक सडक नाटक समेत प्रर्दशन गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ठाकुरसिंह थारुले भेरी नर्सिङ्ग कलेजद्वारा गरिएको डेंगो रोग विरुद्धको जनचेतनामुलक कार्यक्रम उपयोगि र प्रभावकारी भएको बताए ।

कलेजले समय–समयमा लोककल्याणकारी कार्यहरुमा कलेजका विद्यार्थीहरुलाई सहभागिता गराउँदै आएकोछ ।