ममता होमको बाँके नेत्रहिन संघमा स्वास्थ्य शिविर


ममता होमको बाँके नेत्रहिन संघमा स्वास्थ्य शिविर

नेपालगन्ज: बाँके नेत्रहिन संघ नेपालगन्जमा रहेका दृष्टिविहनिहरुको शनिवार स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपालगन्ज–२ न्यूरोडमा अवस्थित स्वास्थ्य परीक्षण तथा परामर्श संस्था ममता होम केयरले विद्यालयमा शिविर सञ्चालन गरि दृटिविहनिहरुको स्वास्थ्य परीक्षण गरेको ममता होम केयरकी प्रवन्ध निर्देशक ममता योगीले जानकारी दिइन् ।

उनका अनुसार नेत्रहिन संघमा रहेका २५ जना पुरुष र १५ जना महिला समेत गरी ४० जनाको आँखा, दाँतसंगै अन्य स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा संस्थामा आबद्ध स्वास्थ्यकर्मीहरु श्रृजना श्रेष्ठ, गीता केसी, प्रतिक्षा ओली, कामना थापा, निरज चौधरी र सङ्गम चौधरीले स्वास्थ्य परीक्षण गरेको योगीले बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार, ममता होम केयरले यसअघि नेपालगन्जका अन्य सरकारी तथा निजी विद्यालय, निलसागर बृद्धाश्रममा समेत बालबालिका तथा बृद्धबृद्धाकोे लागि स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । होम केयरले बृद्धबृद्धा अशक्त तथा असहायहरुका लागी घरमै गएर समेत विरामीको उपचार गरीरहेको छ ।