खजुरामा लायन्सको निःशुल्क स्वास्थ्य शिविर


खजुरामा लायन्सको निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज : लायन्स एण्ड लियो क्लब अफ नेपालगन्ज, खजुरा र न्यू भिजन नेपाल पोलिक्लिनिक प्रालि खजुराको संयुक्त आयोजनामा खजुरा स्थित ज्ञानोदय नमुना माबिमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

संविधान दिवसको अवसर पारेर आयोजित शिविरमा दाँत, कान र आँखाको परिक्षण तथा उपचार समेत गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बिद्यार्थी संग लायन्स, हामी सेवा गर्छौ भन्ने नाराका साथ गरिएको शिविरमा बिद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले स्वास्थ्य जनताका आधारभूत आबश्यकता भएकाले यसतर्फ खजुरा गाउँपालिका सचेत रहेको बताईन् ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा भएको निःशुल्क दाँत, कान र आँखाको परीक्षणमा एक हजार बढीले सेवा लिएको ज्ञानोदय नमुना माबि ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।