कर्णालीको औषधी नेपालगन्जमा वेवारिसे


कर्णालीको औषधी नेपालगन्जमा वेवारिसे

नेपालगन्ज : कर्णालीका दुर्गम जिल्लामा पठाउने भनि काठमाडौबाट ल्याईएका लाखौं मूल्यका औषधी अहिलेपनि नेपालगन्जमा वेवारिसे थन्किाइएको छ ।

कर्णालीमा औषधी ढुवानीको जिम्मेवारी लिएको न्यु रारा कर्णाली ढुवानी सेवाका जय ढकालले समयमै उक्त औषधी ढुवानीमा चासो नदेखाएपछि लाखौं मूल्यको औषधी नेपालगन्जको दीप होटलमा थन्किन पुगेको हो ।

मुगु र हुम्लामा औलो नियन्त्रणका लागि ढुवानी गर्ने भनि ल्याईएका ती औषधी ढुवानीकर्ताको लापरवाही र उदासिनताले यस्तो समस्या आएको हो । लाखौं मूल्यको औषधी नेपालगन्जमा वेवारिसे छ कर्णालीका नागरिक औषधी अभावमा रोगसँग लडिरहेका छन् ।

गत वर्षको माघसम्म यी दुई जिल्लामा औलोको प्रकोप देखिएको थियो । त्यसको नियन्त्रण गर्ने भन्दै डेढ महिनापछि १७ चैतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सामग्री पठाएको थियो । तर, औषधी सम्बन्धीत जिल्लामा पुग्न नस्क्दा अहिलेसम्म पनि कसैले यस बिषयमा चासो देखाएका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय मुगु र हुम्ला समेत यस बिषयमा उदासिन देखिउका छन् । भने महाशाखाले पनि आफूले पठाएको औषधी सम्बन्धीत जिल्लामा पुगे–नपुगेको बारे सोधखोज गरेको छैन् ।

Kanti Aarogya Hospital Nepalgunj

करिब ६ महिनादेखि नेपालगन्जको दीप होटेलमा अलपत्र फालिएका चार बोरा र दुई कार्टन स्वास्थ्य सामग्री त्यहीँ म्याद गुज्रिएर काम नलाग्ने भएको भेटिएका छन् ।

६ महिनासम्म लिन कोही नआएपछि स्वास्थ्य सामग्री राखिएको नेपालगन्जको राँझास्थित दीप गेस्टहाउसका सञ्चालक पञ्चलाल कार्कीले साथीहरूमार्पmत फेसबुकमा सूचना हालेका थिए । त्यसपछि मुगु र हुम्लाका स्वास्थ्य कार्यालयदेखि काठमाडौंको स्वास्थ्य सेवा विभागसम्म हल्लीखल्ली भएको थियो ।

होटलबाट यत्रतत्र छरिएका ती औषधी कार्यालयमा झिकाएर खोली हेर्दा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट नै पठाइएको र त्यसमा प्याथोलोजी ल्याबका सामग्री भएको नेपालगन्जस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख डिल्लीराज पोख्रेल बताउँछन् ।

निर्माण भएको ६ महिनासम्म मात्र प्रयोग गर्न मिल्छ । लामो समयसम्म बेवारिसे फालिएकाले यी सामग्री प्रयोगमा गर्न नमिल्ने ल्याब टेक्नेसियनहरु बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले आफूहरुको गल्ती भएको स्वीकार्दै यसमा छानबीन भइरहेको बताए ।