सडकमै स्वास्थ्य परीक्षण


सडकमै स्वास्थ्य परीक्षण

नेपालगन्ज : सवारी चालकको बिहीबार स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा वैजनाथ गाउँपालिका सम्झनाचौक स्थित अस्थायी प्रहरी पोष्ट सञ्चालित स्वास्थ्य परिक्षणमा एक सय ९८ जनाले लाभ लिएका छन् ।


दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सवारी चालक र परिचालकका लागि आँखा र पे्रसर सम्वन्धी परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । बसका ९८, ट्रक ५३, जीपकार ३७, ट्रयाक्टर ४, टेम्पो ६ गरि एक सय ९८ चालक/परिचालकको स्वास्थ्य परीक्षण गरिएकोमा ६ जनामा आँखा कमजोरी र ३६ जनामा पे्रसर देखिएको रोकायाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj


सवारी चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिदै आइएको समेत उनले जानकारी दिए । उक्त परीक्षणमा कोहलपुर मेडिकल कलेज कोहलपुरका डाक्टर देवेन्द्र आचार्य, सामुदायिक स्वास्थ्य चौकी बनकटवाका पृथ्वीनाथ योगी, न्यौपाने आँखा उपचार केन्द्र कोहलपुरका हरिप्रसाद न्यौपाने, संगम मेडिकल हल संगमचौकका कृष्ण पौडेल सहितको टोलीले विभिन्न सवारी साधनका चालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरेको थियो ।