रानीतलाउका खेल सामाग्री बिग्रिए


रानीतलाउका खेल सामाग्री बिग्रिए

नेपालगन्ज : नेपालगन्जको रानीतलाउमा बालबालिकाका लागि राखिएका खेल सामग्री बिग्रदै गएका छन् ।
पुनः सञ्चालनको दुई महिनामै यहाँका खेल सामग्री बिग्रिएका हुन् । रानीतलाउमा जडान गरिएका ती सामग्रीको उचित संरक्षण हुन नसक्दा दिनप्रतिदिन सामग्री बिग्रदै जान थालेका छन् ।


बालबालिकाका लागि मात्र खेल्न उपयुक्त हुने खेल सामग्रीमा ठुलाले खेल्दै रमाइलो गर्दै आएका छन् । यसले सामग्रीको क्षमताबढी बयस्क व्यक्तिको वजन हुने हुँदा ती सामग्रीले धानेनन् । एकपछि अर्को गर्दै खेल सामाग्री बिग्रिन थालेका छन् । रानीतलाउमा रेखदेखका लागि सिमित कर्मचारी छन् । उनीहरुले बयस्क मानिसहरुलाई नखेल भन्न सकिरहेका छैनन् । उनीहरु खेल्दा रानीतलाउमा रोक्ने कोही पनि छैनन्। रानीतलाउमा टिकट काट्ने र बोटिङका लागि कर्मचारी छन् । उनीहरुले आफ्नो काम बाहेक अन्य कुराको रेखदेख गर्न भ्याएका छैनन्। जसका कारण रानीतलाउका महत्वपुर्ण सामाग्री बिगिैदै गएका छन् ।