निशुल्क स्वास्थ्य शिविर


निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज : बाँकेको नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिका वार्ड नम्बर ५ मटेहियामा निःशुल्क स्वास्थ्य शिविर तथा डेंगु रोग सम्बन्धि जनचेतामुलक कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रमको बाँकेका संघीय सांसद महेश्वर गहतराज अथकले उद्घाटन गरेका थिए ।

सासद अथकले त्यस क्षेत्रमा स्वास्थ र लागुऔषधका बारेमा समेत जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्नुपर्ने बताए । त्यस क्षेत्रको समग्र विकासका लागि स्थानिय राजनितिक दल तथा अगुवाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सांसद अथकले ग्रामिण वस्तीका युवाहरुलाई दुब्र्यसनीबाट बचाउँदै उत्पादनमुलक कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश सांसद कृष्णा केसी, गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साह, नेपालगन्ज उद्योग बाणिज्य संघका उपमहासचिव तारा खत्री लगायतको सहभागीता थियो । 

क्षेत्रीय प्रहरी अस्पतालको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा डेगु, छाला रोग, महिलाको पाठेघर, सुगर प्रेसर लगायतका रोगको परीक्षण गरिएको सामुदायिक प्रहरीका प्रमुख दिपेन्द्र जोशी बताउँछन् ।