५० जनालाई सुपानेट झुल प्रदान


५० जनालाई सुपानेट झुल प्रदान

नेपालगन्ज : सनराइज बैंक लिमिटेडको १२ औं स्थापना दिवसको अवसरमा बाँकेको नरैनापुर शाखाले डेगु सचेतनासंगै ५० परिवारलाई सुपानेट झुल वितरण गरेको छ ।

मंगलबार वडा नम्बर २ का स्थानीयलाई बैंकको तर्फबाट गाउँपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद शाह, बैंकका शाखा प्रबन्धक खड्ग प्रसाद देवकोटाले सामुहिक झुल वितरण गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले झुल वितरण गरेको शाखा प्रबन्धक देवकोटाले बताए ।

डेंगुको जोखिमका बेला वितरण गरिएको झुलले सर्वसाधारणलाई राहत दिएको छ । बैंकले जिल्लामा सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आएकोछ ।