प्रहरी दिवसमा ४२ जनाले रक्तदान गरे


प्रहरी दिवसमा ४२ जनाले रक्तदान गरे

नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

६४ आंै प्रहरी दिवशका अवसर पारेर बडा दशैमा उपचारको लागि आउने विरामीलाई रगतको अभाव हुन नदिने उद्देश्यका साथ बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा ४२ जनाले रगत दान गरेकाछन् । कर्णाली प्रदेश संघीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी बरिष्ठ उपरीक्षक पोषराज पोख्रेलद्वारा उद्घाटन गरिएको रक्तदान कार्यक्रममा बोल्दै उनले पर्वको बेलामा रगत अभावका कारण हुनसक्ने जोखिम न्यूनिकरण गर्नका लागि रगतदान कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले प्रहरी दिवसका अवसरमा रक्तदान गर्ने सवैलाई धन्यबाद समेत दिए । अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डा. बोध बिक्रम कार्कीले प्रदेश ५ र ६ मा कार्यरत प्रहरी परिवार, सेवा निबृत्त प्रहरी उनका आश्रित परिवारलाई सेवा दिने सो अस्पतालमा दैनिक ५०/६० जना ओपिडिमा विरामी आउने गरेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार दैनिक जनरल चेकअप, डेण्टल, ल्याव, एक्सरे, फिजिओथेरापी, ईमरजेन्सी, फार्मेसी सहितको १५ बेडको अस्पताल सञ्चालनमा रहेको छ ।

प्रहरी अस्पताल काठमाण्डौले सर्वसाधारणलाई पनि सेवा दिदै आएको र विस्तारै यस अस्पतालबाट पनि सेवा दिने व्यवस्था मिलाउने प्रयास भइरेको उनले बताए ।

हाल प्रहरी अस्पतालमा २ चिकित्सक एक स्टाफ नर्श, स्वास्थ्य प्राविधिसहित ४६ जनाको दरबन्दी भएपनि ४२ जना मात्र कार्यरत रहेका छन् ।