बिग्रेका डायलासिस मेशिन तिहारअघि मर्मत गरिने

भेरीमा १० वटा डायलासिस मेशिन आवश्यक: मेसु अधिकारी


बिग्रेका डायलासिस मेशिन तिहारअघि मर्मत गरिने

नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा मृगौला विरामीको चापसँगै मेशिनको माग पनि बढेको छ । अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन डाक्टर रूपानन्द अधिकारीले भेरी अस्पताललाई १० वटा डायलासिस मेशिनको आवश्यकता रहेको बताएका छन् । उनकाअनुसार यसका लागि स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धीत निकायमा पहल भइरहेको छ ।

अस्पतालमा रहेका चारवटा मध्ये अहिले बिग्रेका दुईवटा मेशिन दशै लगत्तै मर्मतको काम थालनी हुने उनी बताउँछन् । उनले दशै लगत्तै मर्मत थालनी गरिने मेशिन तिहारअघिसम्म डायलासिसका लागि तयार हुने बताएका छन् ।

उनले मर्मत गर्ने कमपनीसँग यस विषयमा कुरा भइसकेको र उक्त कम्पनीले दशैं लगत्तै मर्मतका लागि जनशक्ति पठाउने आश्वासन दिएको बताए । अस्पताले पछिल्ले समय विरामी बढेसँगै डालासिस यूनिटलाई बिशेष प्राथमतिामा राखेको मेसु अधिकारीको भनाई छ ।

पीडितका लागि उपचारका लागि राखिएका चारमध्ये दुई डायलासिस मेसिन बिग्रदा बिरामी मर्कामा परेका छन् । प्रदेश पाँचका बाँके, बर्दिया, दाङ, सुदुर र कर्णाली प्रदेशका सबै जिल्लाका मृगौला रोगबाट पीडित बिरामीको सेवालाई ध्यानमा राखेर सञ्चालनमा आएको उक्त सेवा आवश्यकताअनुसारका मेशिनको अभावमा प्रभावीत हुँदै आएको छ । दुईवटा मेशिन एउटा वर्ष दिन र अर्को करिब चार महिनादेखि काम नलाग्ने गरी बिग्रिएको डायलासिस यूनिट प्रमुख डाक्टर पारस श्रेष्ठ बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बिग्रीएको मेसिनले ब्लड फिल्टर नगर्ने बताइएको छ । अहिले अस्पतालको आन्तरिक स्रोतबाट खरिद भएको दुई वटा मेसिनबाट बिरामीको नियमित डायलासिस हुँदै आएको छ । अस्पतालमा डायलासिस सेवाका लागि आउने बिरामीको संख्या अत्याधिक भए पनि आवश्यकता अनुरुप सेवा प्रवाहमा समस्या भएको छ । दुई वटा मेसिनबाट दैनिक चार जनाको मात्रा उपचार गर्न सकिन्छ उनले भने, ‘अझै दुई वटा मेसिन थप गर्न सकियो भने न्यूनतम २४ बिरामीलाई मासिक सेवा दिन सकिन्छ ।’

एक जना बिरामीले हप्तामा न्यूनतम दुई पटक डायलासिस गर्नु पर्ने हुँदा सम्पर्कमा आएका सबै विरामीलाई सेवा प्रवाह गर्न नसकिएको डाक्टर श्रेष्ठ बताउँछन् । थप दुई वटा डायलासिस मेसिनको लागि अस्पतालसँग माग गरेको उनले बताए । मेशिन नहुँदा तालिम प्राप्त नर्स अस्पतालको आन्तरिक सेवामा खटिनु परेको छ ।