दशैँ बिदामा पनि रक्तसञ्चार सेवा नियमित


दशैँ बिदामा पनि रक्तसञ्चार सेवा नियमित

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् ।

सो अवधिमा विपद्को घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी रक्तसञ्चार सेवा पनि नियमित रूपमै सञ्चालनमा आउनेछ । रक्त सञ्चार केन्द्रमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको छ । रक्त सञ्चार केन्द्रमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ । -रासस