जेसिसद्वारा रक्तदान


जेसिसद्वारा रक्तदान

नेपालगन्ज : बाँकेमा रगतको अभाव देखिएका बेला रक्तदान कार्यक्रम गर्ने गैरसरकारी निकायको संख्या बढेको छ । तर, सरकारी निकायका तर्फबाट खासै रक्तदान जस्ता मानवीय हितका लागि काम गरेको देखिएको छैन् ।

नेपालगन्ज जुनियर जेसिसले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा शनिबार २४ जनाले रक्तदान गरेको जुनियर जेसिसका कार्यक्रम कोर्डिनेटर पुजा केसीले बताइन् ।

नेपालगन्जका अस्पतालमा विरामीको चाप बढ्न थालेपछि क्षेत्रीय रक्तसन्चार केन्द्रमा कहिले काँही रगत आपूर्तिमा समस्या हुने गरेको छ । केन्द्रकाअनुसार नेपालगन्जमा दैनिक ४० देखि ५० पिन्ट रगतको माग हुने गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा रगत अभाव हुँदा मागअनुसार रक्तदान गर्नेको संख्यामा भने कमी देखिएको रक्तदाता जुना पौडेल बताउँछिन् ।

कतिपय अवस्थामा विरामीका आफन्तहरूबाट रक्तदान गर्न लगाउने र मागलाई पूर्ति गर्नुपर्ने अबस्था समेत आउने गरेको भएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् ।