प्रहरी फन्दामा दुर्गेश, ‘ह्याप्पी तिहार’ बोलको गीत युट्यूबबाट हटाइयो


प्रहरी फन्दामा दुर्गेश, ‘ह्याप्पी तिहार’ बोलको गीत युट्यूबबाट हटाइयो

काठमाण्डौं: तिहारसम्बन्धी विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो ।

गायक थापा ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका हुन् । यो गीतमा रक्सी, गाँजालगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेपछि उनी विवादमा तानिएका थिए ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् ।

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए । छ माया छपक्कै फ्लिमको प्रमोसनल गीतमा पनि उनी विवादमा तानिएका थिए भने तीजमा सार्वजनिक गरिएको ’हामी पनि नाच्नु पर्छ बीच–बीचमा’ गीत लोकप्रिय भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले बताए ।

थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।