काठमाडौं:जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड) ले यस वर्ष पनि लेड(सिसा)को विषाक्तताबारे जनचेतना फैलाउँदैछ । सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पुर्ण परीपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेहीपूर्ण पेन्टको उत्पादन, आयात, विक्रिवितरण र प्रचारप्रसार लगायतका विषयका निम्ति आवस्यक पहल गरि साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।
नेपालमा लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ, लेडयूक्त पेन्ट प्रतिबन्ध गरौं, सरकारले तोकेको पेन्ट्समा लेडको मापदण्डको पुर्ण परीपाल्ना गरौं’ भन्ने मूल नारासहित कार्यक्रम अघि बढाईएको हो ।
कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक रामचरित्र साहले नेपालमै भएको अध्यनहरुले बालबालिकाको रगतमा अत्यधिक लेड(सिसा) पाईएको तथ्यबारे चिकित्सक समुदायहरुसंग अन्तरकृया गरी नियन्त्रण तथा समस्या सामाधानको उपायहरु पहिल्याउने जमर्को गरिएको विश्वास दिलाए ।
उनकाअनुसार अन्य सम्बन्धित ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने र गराउने रहेको छ । साथै, पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम.हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धि सावधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परिपालनामा जोड दिने रहेको पनि साहले जनाए ।
साहको नाममा सिफेडले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘आम जनस्वास्थ्य र खासगरी बालबालिकालाई लेड (सिसा) को विषाक्तता बाट जोगाउनका निम्ती नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र एवं वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (ध्ज्इ) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले लेडयूक्त पेन्ट उन्मुलनका निम्ती अन्तर्राष्ट्रीय सञ्जाल द्वारा कार्तिक ३ देखी ९ गतेसम्म लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रीय सचेतना सप्ताह सुरु गरिएको हो ।
सोे अभियान अन्र्तगत काठमाण्डौ, किर्तीपुर र पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइनेछ ।