‘हामी यस्तै त हो नि ब्रो’ का गायक पक्राउ


‘हामी यस्तै त हो नि ब्रो’ का गायक पक्राउ

Photo Google

काठमाडौं : तिहारसम्बन्धी विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको दुई दिन पछि ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक पक्राउ परेका छन् ।

असइको बर्दी लगाएर हातमा गाँजा लिएको फोटो फेसबुकमा राखेका भिटेन भनिने समिर घिसिङलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।
नेपाल प्रहरी अपराध महाशाखाको टोलीले घिसिङलाई पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी प्रहरीको छ । हामी यस्तै त हो नि ब्रो नामक गीतमा प्रहरीको मानमर्दन गर्ने तथा अश्लील शब्दहरू प्रयोग भएको प्रहरीको भनाइ छ ।