नेपालगन्ज : अष्ट्रेलियाको पर्थमा बिभिन्न सामाजिक काम गर्दै आएको पर्थ नेपाल नामक इभेन्टका निर्देशक प्रमेस केसीले आफनो जन्मदिनको अवसरमा बिहीबार (आज) अनाथ, गरिब बालबालिकालाई रेखदेख गर्ने गैरसरकारी संस्था स्वच्छ नेपाललाई आर्थिक सहयोग गरेका छन् ।

एनआरएन पश्चिम अष्ट्रेलियाका युवा संयोजक समेत रहेका केसीले नेपाली रूपैयाँ २० हजार सहयोग गरेका हुन् । २९ जना बालबालिका रहेको उक्त संस्थालाई सहयोग गर्ने केसी पर्थमा बिगत ५ वर्ष देखी बस्दै आएका छन् ।
उनले यस्ता सामाजिक कार्यमा सहयोग गर्देै आएका छन् ।

आगामी दिनमा पनि पर्थमा बिभिन्न कार्यक्रम गरेर आर्थिक संकलन गरी स्वच्छ नेपालका बाल बलिकाहरूलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।