कागजको झोला पनि हानिकारक


कागजको झोला पनि हानिकारक

नेपालगन्ज : प्लास्टिकको साटो कागज र सूतीबाट बनेको झोला वातावरणका लागि राम्रो हुने बताइएपनि वास्तविकता त्यस्तो छैन । विशेषज्ञहरूका अनुसार, यी झोला पनि वातावरणीय हिसाबले ठीक छैनन् ।

प्लास्टिकलाई त रिसाइकल गर्न सकिन्छ, यिनलाई सकिन्न । वातावरण अनुकूल हुने झोला कुन हो भन्ने प्रश्न उठ्दा त्यसको म्याद सकिँदा के गरिन्छ भन्ने कुरा मात्र हामी सोच्छौं ।

अनि झोला बनाउँदा पर्ने मूल्य हामी बिर्सन्छौं । वास्तविक वातावरणीय मूल्यको आकलन गर्दा हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । जस्तो ः झोला बनाउँदा कति ऊर्जा उपयोग गरिएको हुन्छ ?

यसलाई कतिपटक पुनः उपयोग गर्न सकिन्छ ? रिसाइकल गर्न यो कति सहज छ ? यसलाई फ्याँक्दा यो कति समयमा नष्ट हुन्छ ?
उत्तरी आयरल्यान्ड एसेम्ब्रेलीले सन् २०११ मा गरेको अनुसन्धान अनुसार, प्लास्टिकको झोलाको तुलनामा यी झोला बनाउन चार गुणा ऊर्जा खपत हुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

कागजलाई रुख काटेर बनाइने भएकाले जंगलमा पनि असर पर्छ । यस अनुसन्धानका अनुसार, सिंगल युज प्लास्टिक बनाउनुभन्दा यसलाई बनाउँदा बढी पानी खर्च हुन्छ र यसबाट निकै गाढा तथा विषालु रसायन निस्कन्छ ।

नर्थम्प्टन विश्वविद्यालयमा दिगो फोहर व्यवस्थापनका प्राध्यापक मार्गरेट बेट्सका अनुसार, ‘कागजका झोला भारी पनि हुन्छन् ।

तिनीहरूलाई कारखानाबाट पसलहरूसम्म पुर्याउन वाहनको उपयोगबाट वातावरणलाई अतिरिक्त हानि पनि हुन्छ ।’ सूती झोला बनाउन झन् धेरै पानी आवश्यक पर्छ ।