उपचार बापतको रकम तिर्न नसक्दा अस्पतालमै बास


उपचार बापतको रकम तिर्न नसक्दा अस्पतालमै बास

नेपालगन्ज : शिवालय गाउँपालिका–१ जाजरकोटका ३५ वर्षीय डिलबहादुर नेपाली उपचार वापतको रकम तिर्न नसक्दा समस्यामा परेको छ ।
मेरुदण्ड भाँचिएर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका नेपालीले मेडिकललाई तिर्नुपर्ने औषधिबापतको रकम नभएपछि डिस्जार्च हुँदा पनि अस्पतालमै बस्नुपरेको छ ।

एक महिनाअघि बाख्राको गोठ बनाउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मेरुदण्ड भाँचिएर नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका नेपालीले मेरुदण्डको शल्यक्रिया सकिएको दुई हप्ता बितिसक्दासमेत औषधिवापतको रकम तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको उनका छिमेकी भीम महताराले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

'मेरुदण्ड भाँचिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भई उपचार सकिएको छ तर औषधिबापतको तिर्नुपर्ने रकम तीन लाखभन्दा बढी देखिएको छ, कसरी तिर्ने भन्ने समस्या भइरहेको छ', छिमेकी महताराले भने, रकम अभावकै कारण विरामीलाई अस्पतालबाट लैजान सकेका छैनौँ ।'

नेपालीको परिवार न्यून आयस्रोत भएको बताउँदै छिमेकी महताराले रकम तिर्नका लागि एक हप्तादेखि रकमको जोहो गरिरहेको छ ।'अहिलेसम्म कुनै टुङ्गो छैन । यो रकम थप बढ्न सक्छ । हामीले सहयोगका लागि सबैलाई आग्रह गरिरहेका छौँ उनले भने ‘आर्थिक अवस्था कमजोर भएका कारण उक्त रकम तिर्न सक्ने अवस्था छैन ।’