मिस नेपालगन्ज र लिटिल मिस भेरीको तयारी


मिस नेपालगन्ज र लिटिल मिस भेरीको तयारी

नेपालगन्ज : विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक इभेन्ट गर्दै आएको एक्स जेनेरेसन नेपालगन्जले सौन्दर्य प्रतियोगिता गर्ने भएकोछ ।
एक्स जेनेरसन नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरि ‘मिस नेपालगन्ज र लिटिल मिस भेरी’ प्रतियोगिता गर्ने जनाएको हो ।

एक्स जनेरेसनका अध्यक्ष संयोगजङ्ग शाहले पत्रकार सम्मेलनमा बोल्दै भने–‘सौन्दर्य प्रतियोगिताका तयारी सकिएकोछ, मंसिर पहिलो साताबाट अडिसन शुरु हुन्छ ।’

सन् २०११ देखि नेपालगन्जमा मिस नेपालगन्ज सौन्दर्य प्रतियोगिता सुरु गरेको एक्स जेनेरशनको वार्षिक कार्यतालिका अन्र्तगत प्रतियोगिता हो ।

‘मिस नेपालगन्ज–२०१९’ र ‘लिटिल मिस भेरी–२०१९’ का लागि आवेदन खुल्ला गरिएको शाहले बताए । शाहका अनुसार प्रतियोगिताको अडिसन मंसिर ७ गते हुनेछ । त्यस्तै, तीन हप्ताको ट्रेनिङ मंसिर ८ गतेदेखि सुरु हुनेछ । प्रतियोगीले मंसिर १४ गते पनि रि–अडिसन दिन सक्नेछन ।

Kids Festival 2022
kanti aarogya hospital

आयोजक एक्स जेनेरेशनले ‘मिस नेपालगन्ज–२०१९’मा सहभागी हुनको लागि न्यूनतम मापदण्ड तय गरेकोछ । प्रतियोगितामा सहभागि हुने प्रतियोगि कम्तीमा एसई पास गरेको हुनुपर्छ । प्रतियोगीको कम्तीमा उचाइ ५ फिट र उमेर १६ देखि २४ वर्षको हुनुपर्ने आयोजकले जनाएको छ ।
यस्तै ‘लिटिल मिस भेरी–२०१९’ का लागि प्रतियोगिको उमेर ८ देखि १३ वर्षसम्म हुने आयोजकले जनाएकोछ । एउटै समय अवधिमा दुवै प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य सहित आयोजकले आफ्नो गृहकार्य गरेको अध्यक्ष शाहले बताए ।

शाहका अनुसार लिटिल मिस भेरी–२०१९ का निशुल्क फाराम वितरण गरिनेछ । भने मिस नेपालगन्ज–२०१९ का लागि दुई सय रुपैयाँ फाराम शूल्क तोकिएकोछ । शाहले भने–‘दुवै प्रतियोगिताका लागि नेपालका जुनसुकै ठाँउका प्रतियोगिले सहभागिता जनाउन सक्नेछन्, तर, ती प्रतियोगिहरु नेपालगन्जमै स्थायी अथवा अस्थायी वसोवास गरेको हुनुपर्छ ।’

‘मिस नेपालगन्ज–२०१९’ को मूल उद्देश्य लैङ्गिक समानतामा पहल गर्ने र ‘लिटिल मिस भेरी–२०१९’ प्रतियोगिताले सडक वालबालिकाको अभियानमा सहयोग पु¥याउने आयोजकले जनाएको छ ।

हामी संख्यात्मक भन्दा पनि गुणस्तरलाई बढावा दिनेगर्छौं, मिस नेपालगन्जका लागि बढीमा १५ जना प्रतियोगिलाई मात्र सामेल गर्नेछौं, अध्यक्ष शाहले भने–‘दुवै प्रतियोगिताका लागि छनोट भएपछि उनीहरुबाट निश्चित शुल्क लिनेछौं । मिस नेपालगन्जका लागि प्रति व्यक्ति १५ हजार र लिटिल मिस भेरीका लािग १० हजार शुल्क लिनेछौं ।’

यसरी सौन्दर्य प्रतियोगितामा सामेल भएका प्रतियोगिहरुले बुझाएको रकमबाफत उनीहरुलाई टिर्सट, गाउन र तालिम प्रदान गर्ने आयोजकले जनाएकोछ ।

कोरियोग्राफर अश्विन झाको विशेष प्रशिक्षणमा आगामी मंसिर २८ गते प्रतियोगिहरुबीच ट्यालेण्ट राउण्ड र पुस ५ गते ग्राण्ड फिनाले हुने आयोजकको तयारीछ ।

आयोजकका अनुसार प्रतियोगिता विजेयीले सङ्गस् नेपालको तर्फबाट एउटा म्युजिक भिडियो, फ्लाइटेक इन्टरनेशनलको तर्फबाट निःशुल्क एयर होस्टेज तालिमका साथै शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । साथै क्राउन सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

आयोजकले सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती, पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, मिस इन्टरनेशनल भविष्या चटौट कोइराला, रिदमकी निशु झा तथा राजा खान, अजय पौडेल र विमल प्रथमको सहभागिता हुनेछ ।

सौन्दर्य प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मिस नेपालगन्ज २०१५ की विजेता सुमन थापा, मिस नेपालगन्ज २०१७ की विजेता दीपिका श्रेष्ठ आयोजक टिमका रामचन्द्र पौडेल, भरत सिंह बिष्ट र रामु ओलीको सहभागिता रहेको थियो ।
आयोजक एक्स जेनेरेशनले सौन्दर्य प्रतियोगिताका लागि ईच्छुक संघसस्था, कम्पनीले सहकार्य गर्न सक्ने जनाएकोछ ।